बाफ्रे ! प्रहरीकाे भन्दा पकेटमारहरूकाे 'कोडवर्ड' बलियाे, यस्ताे छ 'सीम्बाेल'

Breaknlinks
Breaknlinks

सधैँभरी सेवा ग्राहीले भरिने काठमाडौंको महानगरीय प्रहरी परिसरमा साेमबार मान्छेहरुको राम्रै भरीभराउ देखियो।

परिसरमा भीड त्यत्तिकै लागेको होइन्, पाकेटमारहरुलाई नियन्त्रणमा लिएपछि उक्त भीड लागेको हो।सोमबार प्रहरीले उनीहरुलाई सार्वजनिकसमेत गरिसकेको छ।

प्रहरीले सार्वजनिक गरेको कार्यक्रममा ती पकेटमारहरुको हतमा हत्कडी थियो। र ताँती नै लागेको थियो।

एउटा वृत्तबाट ल्याएका पकेटमारले अर्को वृत्तबाट ल्याएका पकेटमारलाई देखेर सोधे, ‘तँ कहिलेदेखि?
प्रहरी भ्यानमा रहेका अर्को पकेटमारले तत्कालै उत्तर दिइहाले, ‘केही दिन भयो।'

यो संवाद नजिकै रहेका प्रहरीले पनि सुनिरहेका थिए। त्यतिकैमा उनले भने, 'तिमीहरू एकअर्कोलाई राम्रो चिन्छौँ है?'

माथिको संवादले काठमाडौं भित्रका पकेटमार एकअर्कासँग जानकार छन् भन्ने पुष्टि गर्न सहयोग गर्दछ।त्यसो त पकेटमारको डेमो हेर्दा पनि उनीहरूले समूह नै बनाएर पकेटमार गर्ने गरेको देखिन्छ।

पाकेटमारहरूले दुई-दुई जनाको दरले ६ जनाको समूहमा प्रवेश गर्ने तथा अगाडि र पछाडिबाट यात्रुलाई घेरामा पार्दै लुट्ने काम गर्दै आएका थिए।

ठेलमठेल गर्दै त्यही मौका पारेर उनीहरूको खल्ती, ब्याग, झोलाबाट नगद, मोबाइल, सुनचाँदी निकाल्ने गर्छन्।

अफिस टाइम र भीडभाडको समय उनीहरूको रोजाइको समय भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए।



चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे, अन्तिममा भारतीय नागरिकलाई सुम्पे

एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित



पकेटमारहरुले आफ्नै 'कोर्डवर्ड' बनाएर धन्दा गर्दै आएकोसमेत खुलासा भएको छ।

उनीहरू रुल पैसालाई द, मोबाइललाई कान, पकेटमार पीडितलाई रामे, गाडीलाई कांचा, गाडीबाट झरेर भागलाइ टप्की, पुलिस आयोलाई ठल दाइ आयो, ड्राइभरलाई माम, खलासीलाई मेललगायतका कोर्डवडसमेत प्रयोग गर्ने गरेको एसएसपी सिंहले जानकारी गराए।

‘अन्य मानिसले नबुझुन् भनेर उनीहरूले आफ्नै 'कोर्डवर्ड' प्रयोग गरेका हुन्’, एसएसपी सिंहले भने।

महानगरीय प्रहरी परिसर काठमाडौँले दसैँ तिहार लक्षित सुरक्षा योजना अनुसार काठमाडौँका पकेटमारहरूलाई नियन्त्रणमा लिएको हो।

भदौ २५ गतेदेखि असोज १५ गतेसम्म २ सय ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जसमा  ४६ जनालाई अदालतको आदेश अनुसार थुनामा पठाइएको छ।



‘जिआंगहु खाजन’ चिनियाँ तस्करको अखडा, ठमेलका चिनियाँमाथि प्रहरी निगरानी

हेलिकोप्टरबाट भागेकी दक्षिण एसियाकै खुंखार अपराधी काइँली नेपाल प्रहरीको फन्दामा 

प्रकाशित मिति: : 2021-10-04 18:20:00

प्रतिकृया दिनुहोस्