नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

file photo
file photo

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ।

टर्नपाइकको आयोजना तथा राष्ट्रिय बास्केटबल संघ (निबा)को सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रव्यापी बास्केटबल लिग हुने मंगलबार विज्ञप्तिमार्फत जानकारी गराएको हो।

स्थापनाकालदेखि खेलकुदको विकासमा निरन्तर योगदान गर्दै आएको टर्नपाइकले यसअघि राष्ट्रिय फुटसल लिगको आयोजना गरेको थियो।

फ्रन्चाइज–कम–क्लब मोडलमा खेलाइने लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहनेछ। यद्यपि आयोजकले प्रतियोगिताको मिति भने सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: : 2022-01-11 21:18:00

प्रतिकृया दिनुहोस्