मुलपानी क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन

राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले भक्तपुरस्थित मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई बोलाएर छलफल गरी मुलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले वन तथा वातावरण मन्त्रालयलाई वातावरणीय प्रभाव मूल्याङ्कन कार्य छिटो टुङ्ग्याउन पनि भनेको छ। 

प्रकाशित मिति: : 2025-01-08 14:22:00

प्रतिकृया दिनुहोस्