बिएल संवाददाता
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला यू–१९ क्रिकेट टोलीले विश्वकपमा नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित महिला यू–१९ क्रिकेट टोलीलाई बिदाईको क्रममा उनले जित्छु भन्ने विश्वासका साथ खेल खेल्न आग्रह गर्दै नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका हुन्।
उनले भने, ‘विश्वकपमा नेपालको एउटा राम्रो छाप छोडेर आउनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। त्यसमा पनि तपाईहरुको प्रतिभा अगाडि बढाई राख्नुभएको छ। नडराइकन जानु, राम्रो खेल्न सक्छु, जित्न सक्छु भन्ने सोचका साथ जानु।’
उनले वर्तमान समयमा विद्यालय स्तरमा क्रिकेटको बढी लोकप्रियता बढेको भन्दै प्रत्येक जिल्लामा १० वटा तालिम सेन्टर खोल्ने प्रयासमा सबै लाग्नु पर्ने बताए।

उनले भने, ‘प्रत्येक जिल्लामा १० वटा तालिम सेन्टर खोल्न सक्यो भने प्याब्सन, सरकार, मन्त्रालयले त्यसमा सहयोग गर्न सक्यो भने धेरै खेलाडी उत्पादन हुन सक्छ। विद्यालय स्तरमा अझ खेलको धेरै सम्भावना छ। त्यसकारण विद्यालयमा खेल सञ्चालन गर्नको लागि क्यानलाई आग्रह गर्न चाहन्छु।’
सोही क्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पहिलो खेल भएको हुँदा आरामले क्षमताअनुसारको खेल खेल्न आग्रह गरेका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया