दिल्लीमा कोरोना तिव्र गतिमा, ६ दिनमा आठ गुणा बढ्यो

बिएल संवाददाता

नयाँ दिल्ली 

भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढेको छ। 

नयाँ दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिनका अनुसार कोरोनाका १५ हजार ९७ संक्रमित पुष्टि भएका हुन्। प्रदेशमा अब संक्रमणदर १५. ३४ पुगेको छ। सोही अवधिमा ६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या पनि बढेर ३१ हजार ४९८ पुगेको छ। 

१ जवरीमा दिल्लीमा २ हजार ७९६ जनामा संक्रमण देखिएको थियो भने आज ६ जनवरीमा १५ हजार बढीमा संक्रमण पुष्टि भएको हो। ६ दिनको बीचमा ८ गुणा बढी संक्रमित फेला परेका हुन्।
 

प्रकाशित मिति: : 2022-01-06 20:00:00

प्रतिकृया दिनुहोस्