सुडानमा आन्दोलनकारी राष्ट्रपति भवनतर्फ अघि बढेपछि अश्रुग्यास प्रहार

गेट्टी इमेज
गेट्टी इमेज

सुडानमा आन्दोलन चर्किएको छ। आन्दोलनकारी राष्ट्रपति भवनतर्फ अघि बढिरहेका छन्।

अन्दोलनकारीलाई राजधानी खार्तुममा सुरक्षाकर्मीले राष्ट्रपति भवन तर्फ बढ्न रोक्ने प्रयास गरिरहेका छन्। त्यसक्रममा प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार  गरिएको छ। 

सुडानमा अक्टोबरमा सत्तापलट भएको थियो र त्यसविरुद्धको प्रदर्शनमा हजारौं मानिस लकडाउनलाई तोडेर सडकमा निस्किएका छन्।

मानिसहरु एकीकृत हुन नसकुन् भन्नका लागि फोन र इन्टरनेट बन्द गरिएको छ  भने भने मानिसको गतिविधि हेर्नका लागि मुख्य सडकमा क्यामेराहरु जडान गरिएको छ। तर हजारौंको संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भइरहेका छन्।

 

प्रकाशित मिति: : 2021-12-30 21:48:00

प्रतिकृया दिनुहोस्