लेखनाथ न्यौपानेको फरक मत: प्रचण्डकाे प्रतिवेदनले जमीनमा खुट्टा टेकेको छैन

File Photo
File Photo

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन्।

उनले बन्दसत्रमा समूहगत छलफलका क्रममा प्रचण्डले प्रस्तुत गरेकाे प्रतिवेदनले माथि–माथि उडान गरेको तर जमीनमा खुट्टा नटेकेको बताएका हुन्।

‘यो प्रतिवेदन माथि–माथि उडान गरेको तर जमीनमा खुट्टा टेकेको छैन’, न्याैपानेले फरक मतकाे २ नम्बर बुँदामा उल्लेख गरेका छन्,‘जमीनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ।’

आन्तरिक बसाईंसराइँ र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभावलगायत बारे खाेज, अनुसन्धान र निष्कर्ष विना प्रतिवेदनले ‘समाजवादको नेपाली बाटो’ लाई सही सिद्ध गर्न नसक्ने उनकाे भनाई छ। 

‘...तीव्र रुपमा भइरहेको आन्तरिक बसाइसराइ र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरीबीको रेखामुनि (२३ प्रतिशत) र गरीबीको रेखामुनि (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमीनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’ लाई सही सिद्ध गर्न सकिन्छ।’

प्रकाशित मिति: : 2021-12-30 16:00:00

प्रतिकृया दिनुहोस्