प्रचण्डको राजनीतिक प्रतिवेदनको शीर्षक फेर्न सुझाव

Breaknlinks
Breaknlinks

नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलमा प्रतिवेदनकाे नाम परिवर्तन गर्नुपर्ने सुझाव आएकाे छ। 

उपत्यका विशेष प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेता जगत सिम्खडाले प्रतिवेदनको शीर्षक परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुने बताएका हुन्।

‘प्रतिवेदनको शीर्षक समयाअनुकुल भएन कि ! परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुन्छ भन्ने लाग्छ,’ उनले भने, ‘ हाम्रो छलफलमा प्रचण्ड पथलाई ब्यूँत्याउनु पर्ने सुझाव आएको छ।’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेकाे प्रतिवेदनकाे शीर्षक ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ रहेकाे छ। 

प्रकाशित मिति: : 2021-12-30 14:44:00

प्रतिकृया दिनुहोस्