काठमाडौंमा ९ जनाले गरे एक महिलामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ, २ फरार

File Photo
File Photo

काठमाडौं नयाँ बसपार्कको एक होटलमा ९ जना युवाले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन्।

प्रहरीका अनुसार पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए। 

उनले साथी मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर बोलाए। र दुईजना मिलेर  सामूहिक बलात्कार गरेको प्रहरीको बताएको छ। 

पुस १३ गते उनका अन्य ७ जना साथीहरुले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए।

पीडित युवतीले आफूलाई १४ घण्टा बन्धक बनाएर सामूहिक बलात्कार गरेको प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो। 

पीडितको जाहेरीपछि तत्काल घटनाको अनुसन्धान गर्नुका साथै पीडित युवतीलाई उपचारका लागि अस्पताल पठाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिए।

उनका अनुसार पीडित युवतीलाई उपचारपछि प्रहरीले आफ्नो संरक्षणमा राखेको छ। 

 घटनाबारे अनुसन्धान गर्ने क्रममा क्लोज सर्किट क्यामराको सहयोगमा आरोपीमध्ये सात जनालाई नियन्त्रणमा लिएको  प्रहरीले बताएको छ।

पक्राउ पर्नेहरुमा हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दिपक नेपाली, शिवहरी बुढा, युवराज बडुवाल र अर्घाखाँचि सितगंगा नगरपालिकाका गोपाल कुमार शिरीष रहेका छन्। घटनामा संलग्न मुगुका हस्त नेपाली र चन्द्र साँउद फरार छन्। 

प्रहरीका अनुसार क्यामरामा पीडित युवती आरोपीमध्ये एकजनाको पछि लागेर होटलमा गएको र आरोपीले मापसे गराएको देखिएको छ। 

भारतमा काम गर्न गएका श्रीमान लामो मियदेखि बेपत्ता भएपछि उनी दुई सन्तानको लालनपालनका लागी सुर्खेतबाट काठमाडौं आएकी थिइन्। 

 

 

 

प्रकाशित मिति: : 2021-12-29 08:45:00

प्रतिकृया दिनुहोस्