म्यान्मार नरसंहार: 'सेभ द चिल्ड्रेन'का दुई कर्मचारीको हत्या भएको पुष्टि

Photo :REUTERS
Photo :REUTERS

सेभ द चिल्ड्रेनले शनिबार पूर्वी म्यान्मारमा ३० भन्दा बढी मानिसको अवशेष फेला परेपछि हराएका आफ्ना दुई कर्मचारीको त्यहीँ हत्या भएको पुष्टि गरेको छ।

राष्ट्रसंघीय परोपकारी संस्थाले भनेको छ, 'हामीले आज पुष्टि गरिरहेका छौं कि मृत भेटिएका महिला र बालबालिकासहित कम्तीमा ३५ मध्ये सेभ द चिल्ड्रेनका दुई कर्मचारी सदस्यहरू रहेको बुझिएको छ।'

यही डिसेम्बर २४ अर्थात् गत शुक्रबार कायाह राज्यमा म्यान्मार सेनाको नरसंहारमा उनीहरूसमेत परेका हुन्।

यसै बर्षको फेब्रुअरी १ देखि म्यानमारको सेनाले नेत्री आङ सान सुकीको निर्वाचित सरकारलाई निलम्बन गरी सत्ता सम्हालेपछि आन्दोलनरत विपक्षी र सुरक्षाकर्मीबीचको झडपहरूमा परी सयौँ नागरिकले ज्यान गुमाएका छन्। यद्यपि गत शुक्रबारको नरसंहारलाई सेनाबाट भएको कहालीलाग्दो घटनाका रूपमा विश्व समुदायले हेरेको छ।

शहर नजिकैको एउटा राजमार्गमा दुईवटा जलिरहेको ट्रक र एउटा कारभित्र दर्जनौँ लास भेटिएका थिए। घटनालाई स्थानीय जुन्ता विरोधी लडाकू र अनुगमन समूहले त्यस क्षेत्रका विद्रोहीसँग झडप भएपछि जुन्ता फौजले एचप्रुसोमा आक्रमण गरी उनीहरूलाई जिउँदै जलाएको आरोप लगाएका छन्।

सेभ द चिल्ड्रेनले घटनामा नजिकैको समुदायमा मानवीय सहयोगका लागि पुगेका आफ्ना दुई कर्मचारी परेका बताएको हो।

प्रकाशित मिति: : 2021-12-29 07:11:00

प्रतिकृया दिनुहोस्