यस्ताे छ प्रचण्डको दस्तावेजमाथि राम कार्कीको पूरक प्रस्ताव [पूर्ण पाठसहित]

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ राष्ट्रिय अधिवेशनमा पेस गरेको प्रतिवेदनमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेस गरेका छन्।

कार्कीले संसद अवसरवाद कोर्ने मुहान रहेको भन्दै पूरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने सुझाव दिएका छन्।

उनले पार्टीलाई अवसरवादबाट बचाउन चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र किन बन्धक बनाउने भनेर प्रश्न गरेका छन्।

उनले मार्क्सवादको आधारभूत सिद्धान्तमा आधारित नरहेको जनताको बहुदलीय जनवाद भन्ने फेबियनिष्ट कार्यक्रमले एमालेको पतन गराएको इतिहासबाट मनग्गे शिक्षा लिनुपर्ने सुझाव समेत दिएका छन्।

नेता कार्कीले जनवर्गको पहलकदमीलाई निर्वाध रुपमा अघि बढ्ने अवस्था कायम नभएसम्म नेपाल स्वतन्त्र, आत्मनिर्भर, समतामुलक र समृद्ध देश बन्न नसक्ने उल्लेख गरेका छन्। 

प्रकाशित मिति: : 2021-12-28 18:40:00

प्रतिकृया दिनुहोस्