अफगानी महिलाले लामो दूरीको यात्रा गर्न नपाउने, ७२ किलोमिटर भन्दा पर यात्रा गर्दा पुरुष नातेदार चाहिने

बिएल संवाददाता

अफगानिस्तान
File photo
File photo

अफगानिस्तानमा मध्यम र लामो दूरीको यात्रा गर्न महिलाले अब एक्लै यात्रा गर्न नपाउने भएका छन्। 

अफगानिस्तानमा कब्जा जमाएको तालिबानले अब यात्रा गर्नका लागि पुरुष नातेदारको उपस्थितिलाई अनिवार्य गरेको छ। छोटो दूरीका यात्राका लागि भने यो नियम लागू हुने छैन। 

तालिबानका अधिकारीहरुले लामो यात्राका क्रममा पुरुष नातेदार नभए उनीहरुलाई यात्रा सुविधा नहुने जनाएको हो। तालिबानको 'सदाचार फैलाउने र नराम्रो रोक्नेवाला' मन्त्रालयले यसबारेमा जरुरी निर्देशन जारी गरेको हो। 

मन्त्रालयका  प्रवक्ता सादिक अकिफ मुहाजिरले बताए अनुसार अब ७२ किलोमिटर भन्दा टाँढा जाने महिलाले कुनै पुरुष नातेदा बिना यात्रा गर्न पाउने छैनन्। 

प्रकाशित मिति: : 2021-12-27 21:01:00

प्रतिकृया दिनुहोस्