पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको पद खारेज गर्न दायर गरिएकाे मुद्दाको आज पेसी तोकिएको छ ।
नेकपा (एस)तिर लागेका सांसदहरूको पद खारेजीको दाबी गर्दै नेकपा (एमाले)द्वारा दायर उक्त मुद्दा न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको छ। इजलासको ३६ औं नम्बरमा परेको मुद्दाको पालो नआउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
मुद्दा सुनुवाइको अघिल्लो दिन अर्थात् आइतबार बेलुकी न्यायाधीहरूको निजी निवासमा सत्तापक्षका नेताहरूको बाक्लो दौडधुप रहेको समेत बताइएको छ। नेपालसहित १४ जना सांसदको मुद्दाकै प्रभावस्वरूप पाँच जना न्यायाधीश धमाधम बिरामी परेका छन्।
न्यायाधीशहरू सपनाप्रधान मल्ल, हरिकृष्ण कार्की, नहकुल सुवेदी, सुष्मालता माथेमा र डा. मनोज शर्मा बिरामी विदामा बसेका छन्।