म्यान्मार सेनाकाे क्रूरताः हत्यापछि जलाइएको अवस्थामा भेटिए दर्जनाैँ शव

बिएल संवाददाता

रंगुन, म्यान्मार
Khit Thit Media
Khit Thit Media

म्यान्मारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको विवरण सार्वजनिक भएको छ।

मृत्यु हुनेहरुमा महिला, बृद्धबद्धा र बालबालिकासमेत रहेको स्थानीय वासिन्दा र मानवअधिकारबादी समूहले जनाएका छन्। म्यान्मारको द्वन्द्वका क्रममा आन्तरिक रुपमा विस्थापित व्यक्तिहरुलाई मो सो गाउँनजिक सेनाले हत्या गरी जलाएको स्थानीय मानवअधिवादी समूह कारेन्नीले जनाएको छ।

‘हामीले अमानवीय र पाशविक हत्याको कडा शब्दमा निन्दा गर्छौं, पछिल्लो घटनाले मानवअधिकारको गम्भीर उल्लंघन भएको देखिन्छ,’ समूहले भनेको छ।

सरकार विरोधी सशस्त्र फौजको हतियार खोसेर केही अतिवादीलाई गोली हानी हत्या गरेको म्यान्मारको सेनाले जनाएको छ। ती व्यक्तिहरुलाई सात ओटा गाडीमा ओसारेर हत्या गरिएको स्थानमा लगिएको प्रत्यक्षदर्शीले जनाएका छन्।

स्थानीय र मानवअधिकारवादी समूहले सार्वजनिक गरेको तस्विरमा आधाभन्दा बढी जलेका ३० ओटा शव देखिन्छन्। जलाइएको शव आफ्ना कार्यकर्ताहरुको नभएको कारेन्नी नेसनल डिफेन्स फोर्सले जनाएको छ। सो फोर्सले म्यान्मारको जुन्ता सरकारको विरोध गदैै आएको छ।

‘आधा जलेको शवको थुप्रो देख्दा हामी आश्चर्य परेका छौं,’ फौजका एक कमान्डरले भने।

प्रकाशित मिति: : 2021-12-26 18:00:00

प्रतिकृया दिनुहोस्