काेराेनाका बिरामी बढेपछि चीनको सियान सहरमा लकडाउन

Breaknlinks
Breaknlinks

कोभिड संक्रमण फेरि बढेपछि चीनको उत्तरी सहर सियानमा लकडाउन घोषणा गरिएको छ।

सियानको जनसंख्या १ करोड ३० लाख छ। हिउँदे ओलम्पिकको पूर्वसन्ध्यामा महामारी नियन्त्रण गर्न सरकारले उच्च सर्तकता अप्नाएको छ। 

सियानमा बुधबार ५२ जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए। योसँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४३ पुगेको छ।

बिहीबार रातिदेखि हरेक दुई दिनमा प्रत्येक घरको एक जना सदस्य मात्र आवश्यक सामाग्री किन्न पसल जान पाउनेछन्। आकस्मिक अवस्थामा बाहेक कोही व्यक्ति पनि सहर छोड्न र घरबाहिर निस्कन पाउने छैनन्। लकडाउनका कारण सो सहरतर्फ उड्ने ८५ प्रतिशत उडान स्थगित भएका छन्।

सरकारले सियानका सबै नागरिकको कोभिड परीक्षण गर्ने भएको छ।

प्रकाशित मिति: : 2021-12-23 10:22:00

प्रतिकृया दिनुहोस्