नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले सम्मेलनअघि कुनै पनि राजनीतिक दलसँग पार्टी एकता नहुने बताएका छन्। सम्मेलनबारे जानकारी दिन बुधबार पेरिसडाँडास्थित पार्टी कार्यायलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
‘नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग माओवादीको एकता होला ?’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता महराले भने,‘तत्काल कुनै दलसँग एकताको कुरा छैन, हामी यो सम्मेलनमा पार्टीलाई कसरी नयाँ बनाउन सकिन्छ भन्ने बारे बहस गछौँ। त्यसपछि अरु पार्टीहरु पनि सच्चिएर हाम्रो पार्टीमा आउन सक्ने वातावारण हुन सक्छ।’
विगत केही महिनादेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव लगायतका अन्य पार्टीसँग एकता गर्ने बताउँदै आएका छन्।