सरकार ०८४ सम्मै रहन्छ: रामहरि खतिवडा

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा छलफल गरेको छ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सांसद रामहरी खतिवडाले सरकार गठन भएपछि गरेका राम्रा कामहरू र सरकारलाई ०८४ सम्म नै  निरन्तरता दिने विषयमा छलफल भएको बताए।

उनले भने, ‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरू उठाउने छ। यो सरकार गठन भएपछि गरेका राम्रा कामहरू के के छन्, आर्थिक अवस्थाको  सुदृढीकरण के  हो, राजनीतिक स्थिरता कहाँ पुग्यो आदि विषयमा समीक्षा भएको छ। तीन-तीन महिनामा विश्वासको मत लिने पद्धति समाप्त भएर एउटा उत्साहजनक वातावरण सिर्जना गरेको छ। सरकारलाई ०८४ सम्म निरन्तरता दिएर नै जाने गरी छलफल भएको छ।’

यसैगरी उनले बैठकमा प्रारम्भिक छलफल भएको बताए।

प्रकाशित मिति: : 2025-01-26 19:22:00

प्रतिकृया दिनुहोस्