विवेकशील साझा पार्टी दोस्रो पटक फुटेको छ। सो पार्टीका संयोजक मिलन पाण्डेलाई रविन्द्र मिश्र समूहले निष्कासनको घोषणा र त्यसअघि पाण्डेले समानान्तर कमिटी घोषणा गरेसँगै उक्त पार्टी फुटेको हो।
गत संसदीय चुनावपछि विवेकशील पार्टी र साझा पार्टी एकीकृत भएका थिए। त्यसपछि विभाजित यी दुई दल फेरि एकीकृत भएका थिए। अहिले पुन: विभाजित हुने ठाउँमा पुगेका हुन्।
पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै विवेकशील साझाले मंसिर २८ गते पाण्डेलाई लिखित स्पष्टीकरण सोधेको थियो।
पुष ४ गतेसम्मको समय दिएर जवाफ दिन भनिएकामा पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको विवेकशील साझाले बताएको छ।
पाण्डेले पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको भन्दै कारबाही गरिएकाे विवेकशील साझाले जनाएकाे छ।
विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७७ मंसिर २४ गते दोस्रो पटक एकीकरण भएकाे थियाे। दुवै पार्टीबीच एकता भएपछि विवेकशील साझा पार्टी नाम राखिएको थियाे।
साझा पार्टीका संयोजक रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच पार्टी एकीकरणको सम्झौता पत्रमा भएकाे थियाे।