रक्षामन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन्।
रिजालले बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबार पुगेर राजीनामा बुझाएका हुन्।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका हुन्।
महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको भन्दै उनले राजीनामा दिएको जनाएका छन्।