
बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाले ओली सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई केही समस्या भए सार्वजनिक अभिव्यक्ति नदिन निर्देशन दिएका छन्।
शनिबार सिंहदरबारमा बसेको शीर्ष नेताहरूको बैठकमा देउवाले काम गर्न केही समस्या भए पार्टीकै बैठकमा राख्न र बाहिर सबै एक ढिक्का हुन निर्देशन दिएका हुन्।
बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘परराष्ट्रमन्त्री स्वास्थ्य उपचारका लागि देश बाहिर रहेकाले उहाँ बाहेक हाम्रा सबै मन्त्रीहरू बैठकमा सहभागी हुनुहुन्थ्यो। सभापतिले उहाँहरूलाई केही समस्या भए यही भित्र कुरा राख्नुस्, बाहिर पनि एक भएर प्रस्तुत हुनुपर्छ भन्ने कुरा राख्नुभयो। सरकारबारे पदाधिकारीहरूले पनि कुनै असन्तुष्टि राख्नुभएको छैन।’
अध्यादेशका विषयमा संसदमा टेबुल गर्न सकिने भए पनि लामो समय लाग्ने भएकोले तत्काल केही कामहरू गर्नैपर्ने भएकोले अध्यादेश ल्याइएको उनले बताए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया