बिएल संवाददाता
भक्तपुर जिल्ला अदालतले राज्यविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
प्रहरीले म्याद थपका लागि अदालतमा पेस गरेकोमा प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो।
आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो।
प्रहरीले ७ दिनको म्याद मागेकोमा अदालतले बाहिरै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै प्रसाईं प्रहरी हिरासतबाट छुटिसकेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया