आजभन्दा दुई वर्षअघिसम्म नेपालमा अधिकांसलाई डिजिटल माध्यम (अनलाईन)बाट स्कुल, क्याम्पसका कक्षाहरु सञ्चालन गर्न सकिन्छ भन्ने कुरा थाहा समेत थिएन। जब संसारमा कोरोना महामारी सुरु भयो त्यसपछि भएका ‘लकडाउन’ र निषेधाज्ञामा लामो समय शैक्षिक संस्थाहरु बन्द भए त्यसपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नको लागि डिजिटल माध्यमलाई अपनाउन थालियो।
त्यसअघि अन्तर्राष्ट्रिय स्तरमा व्यवासायिक बैठक तथा प्रशिक्षणको लागि प्रयोग गरिएका डिजिटल प्रणालीलाई अनलाईन कक्षाको रुपमा प्रचलनमा ल्याइयो। जसको छोटो समयमा नेपालीका ग्रामिण क्षेत्रका विद्यालयले समेत भरपुर रुपमा प्रयोगमा गरे। जसबाट लामो समयदेखि विद्यालय पुग्न नपाएको विद्यार्थीले घरमै बसेर अध्ययन गर्ने मौका पाए।
सुरुवाती समयमा शहरी क्षेत्र जहाँ प्रविधिको पहुँच भएका ठाउँमा यसको प्रभाव देखिएपनि विस्तारै ग्रामिण क्षेत्रका मानिसले पनि अनेक कठिनाईका बीच यो माध्यमबाट अध्ययन अध्यापन गरे। तर, केही मानिसहरु भने यसको पहुँचबाट बञ्चित हुनुपर्यो।
कक्षा कोठमा उपस्थित भएर पढ्दा कुनै बेला बोर्ड टल्कने, शिक्षकले लेखेका अक्षर नदेखिने, हल्ला हुने जस्ता समस्याहरु उत्पन्न हुन्थे। तर, अनलाइन कक्षामा यस्ता समस्या भोग्नु परेन। सूचना प्रविधिले मानिलाई झ्न सहजता प्रदान गर्यो।
कहिलेकाही बत्ती जाने, इन्टरनेट सुस्त चल्ने, शिक्षक र विद्यार्थीबीच भएका संवाद स्पष्टसँग बुझ्न नसकिने जस्ता समस्या धेरैले भोग्नु पर्यो। त्यस्तै, यसको उचित प्रयोग गर्न नजान्दा केही शिक्षक र विद्यार्थीले स्वास्थ्य समस्या समेत भोग्नु पर्यो। जस्तैः आँखा र टाउँको दुख्ने, ढाड दुख्ने।
नेपालका लागि अनलाईन कक्षा नयाँ कुरा हो। जसको प्रयोग गर्दा धेरै मानिसले विविध कुराहरुको अनुभूति गर्न पाए। धेरैले यसको सदुपयो गरे भने कोहीले राम्रोसँग चलाउन नजान्दा अनेकौँ समस्या समेत भोग्नु पर्यो।
यसै सन्दर्भमा हामीले काठमाडौँ विजुली बजारस्थित मदन भण्डारी मेमोरियल क्याम्पसका केही शिक्षक तथा विद्यार्थीका अनलाईन कक्षा सम्बन्धि अनुभूतिहरु समावेश गरेकाछौँः
स्नेहा झा
मलाई त अनलाईन कक्षाका फाइदा बेफाइदन दुबै भएको जस्तो लाग्यो। तर, यो सबै मानिसमा प्रभावकारी भएन जस्तो लाग्छ। गाउँमा भएका हामी जस्तै विद्यार्थीहरुले यसको सही प्रयोग गर्न पाएनन्। त्यसमा पनि गाउँमा पढाउने शिक्षकले त यसको प्रयोग समेत गर्न नजानेको कुरा पनि सुनियो। हाम्रो देशमा इन्टरनेटको राम्रो व्यवस्था नहुँदा यो अलिक कठिन छ कि जस्तो लाग्छ। यसको माध्यमबाट परीक्षा दिने कुरा त धेरै कठिन नै छ।
ईशान पौडेल
अनलाईन कक्षा भौतिक कक्षाको हिसाबमा खासै प्रभावकारी लाग्दैन किनकि अनलाइनमा विधार्थीेहरुले राम्रो सँग ध्यान पनि दिँदैनन्। यसका राम्रो नराम्रो दुवै पक्ष छन्, किनभने राम्रो पढ्ने विद्यार्थीले पनि यो माध्यमलाई वेवास्ता गर्न सक्छ।
सिया श्रेष्ठ
यसले नराम्रो असर पार्छ। गाउँम इन्टरनेट नै पुगेको हुँदैन, डाटा किन्न पनि सारै महङ्गो पर्छ। फेरि यसको लागि सबैले मोवाइल, ल्याप्टप किन्न सक्छन भन्ने पनि हुँदैन।
डा.राजकिशोर सिंह (शिक्षक)
शैद्धान्तिक रुपमा त ठिकै हो तर प्रयोगात्मक रुपमा यो खासै प्रभावकारी देखिदैन।
निरुजा फूयाल (शिक्षिका)
नेपालकोे सन्दर्भमा अनलाईन कक्षा भर्खरै–भर्खरै कोभिड– १९ पछि मात्रै त सुरु भएको हो। माथिल्ला कक्षाहरुमा त ठिकैको सान बालबालिकालाई भने यसबाट पढाउन नसकिने रहिछ। जे होस् व्यवस्थित रुपमा प्रयोग गरियो भने त राम्रो नै हुन्छ नि।
कमल न्यौपाने (शिक्षक)
मेरो अनुभवमा नेपालको परिवेशमा हेर्दा प्रभावकारी छैन, किनभने हामीसँग त्यो ‘स्पिड’को इन्टरनेट नै छैन। यसको लागि प्रविधिमा समस्या छ। हालकै अवस्थामा यो निकै कठिन छ।