रामचन्द्र पौडेलले भने, ‘म वचनमा अडिन्छु, दोस्रो चरणमा पनि सभापतिलाई भोट हाल्न जान्नँ’ 

File Photo
File Photo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधौँ महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार अपरान्ह हुने दोश्रो चरणको चुनावमा पनि भोट नहाल्ने भएका छन्।

सभापतिका उम्मेद्वार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइराला दुई जनाबीच मात्र हुने प्रतिस्पर्धामा पनि उनी तटस्थ बस्ने भएका हुन्।

पौडेलका स्वकीय सचिव चिरञ्जिवी आचार्यले उनी तटस्थ नै रहने बताएका हुन्। ‘म मेरो वचनमा अडिग रहन्छु, त्यसैले कसैलाई भोट हाल्दिनँ भन्नुभएको छ’, उनले भने, ‘त्यसैले उहाँले दोस्रो चरणको सभापति निर्वाचनमा पनि कसैलाई भोट नहाल्ने कुरामा अडिग रहनुहुन्छ।’

पौडेलले मंगलबार लैनचौरस्थित पार्टी प्यालेसमा आयोजना गरेको चियापान समारोहमा सबै नेताहरु उपस्थित भएको बताउँदै आचार्यले भने, ‘अहिले उहाँ घरमा आएर आराम गरिरहनुभएको छ । यहाँ कोही पनि आउनुभएको छैन।’

प्रकाशित मिति: : 2021-12-14 11:24:00

प्रतिकृया दिनुहोस्