सैनिक कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु

File photo
File photo

साउदी अरब नेतृत्वको गठबन्धन सेनाको कारबाहीमा परी यमनमा एक दिनमा १९० जनाको हुथी विद्रोहीको मृत्यु भएको छ।   

सैनिक टोलीले गरेको सुरक्षा कारबाहीका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको सैन्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। गठबन्धन सेनाले विभिन्न ठाउँमा हुथी विद्रोही विरुद्ध ३६ ओटा सैन्य कारबाही चलाएको थियो। 

सुरक्षा कारबाहीका क्रममा सेनाले २० सवारी साधनहरु पनि क्षतीग्रस्त भएको अधिकारीहरुले जनाएका छन्। 

यमनमा हुथी विद्रोही र गठबन्धन सेनाका बीचमा लामो समयदेखि युद्व चल्दै आएको छ। लामो युद्वका कारण ठूलो जनधनको क्षति भएको छ भने निरन्तर अशान्ति मच्चिदै आएको छ।  
 

प्रकाशित मिति: : 2021-12-11 21:58:00

प्रतिकृया दिनुहोस्