नेकपा एमालेको केन्द्रीय सदस्यको सूची तयार भएको छ।
सौराहास्थित पार्क सफारी होटलमा छलफलमा बसेर अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूकाे केन्द्रीय नेताहरूको सूची तयार पारेका हुन्।
छलफलपछि ३०१ केन्द्रीय सदस्यको सूची भएकाे हाे। नेता विष्णु पौडेलले प्रस्तावित केन्द्रीय नेताहरूको सूची अध्यक्ष ओलीलाई बुझाएका छन्।
अध्यक्ष ओलीसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाललगायत छलफलमा जुटेका थिए। उक्त सूची केहिबेर पछि बन्दसत्र हलमा प्रस्तुत गरिने बताइएकाे छ।