ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

File Photo
File Photo

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्दैछ। यसर्थ, नेप्सेमा आजसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन्।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरणगर्ने लाभांश प्रस्ताव पारित गर्न २७ मंसिरमा वार्षिक साधारणसभा आह्वान गरेको छ। ग्लोबलको साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतको प्रस्ताव छ। 

प्रकाशित मिति: : 2021-11-28 10:22:00

प्रतिकृया दिनुहोस्