एमाले अध्यक्ष केपी शर्मा ओली सौराहबाट महाधिवेशन उद्घाटनका लागि नारायणगढतर्फ प्रस्थान गरेका छन्।
सौराहबाट हिँडेका उनको अघिपछि करिब दुई सयवटा गाडीको ताँती छ।
सौराहको सेभेनस्टार होटेलमा बिहीबार बास बसेका उनी उक्त होटेलबाट केहीबेरअघि प्रस्थान गरेका थिए। ओली सवार सडकमा सुरक्षा व्यवस्था कडा पारिएको छ।