न्यायालयको सुधार र सुदृढीकरणका लागि भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको रिफ्लेक्सन भएको टिप्पणी गरेका छन्।
युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनभित्रको विवाद र चरित्र न्यायालयमा देखिएको बताए। ‘अहिले देशमा आन्दोलन छैन। तर, न्यायालयमा आन्दोलन छ। यो पाँच दल (गठबन्धन)को रिफ्लेक्सन हो’, ओलीले भने।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर १४ कात्तिकबाट नेपाल बार एसोसिएसनको आन्दोलन र सर्वाेच्च अदालतकै न्यायाधीशको इजलास बहिस्कारलाई ओलीले इंगित गर्दै गठबन्धनको रिफ्लेक्सन भनेर टिप्पणी गरेका हुन्।