दल विभाजन अध्यादेश फिर्ता भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमूना: कमल थापा

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकारको पछिल्लो कदम भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमुना भएको बताएका छन्। सरकारले दल विभाजन गर्न सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

सरकारले नेकपा एमाले र जसपा फुटाएपछि दल विभाजन अध्यादेश फिर्ता लिएको भन्दै संविधान र लोकतन्त्रको रक्षा यहि हो भन्दै प्रश्न गरेका छन्। 

उनले लेखेका छन् -'भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमुना। परमादेशबाट प्रधानमन्त्री नियुक्ति,त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मतदिँदा पद नजाने आदेश,त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता। यहि हो अग्रगमन,संविधान र लोकतान्त्रको रक्षा'

सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन्। 
 

प्रकाशित मिति: : 2021-09-28 11:47:00

प्रतिकृया दिनुहोस्