रौतहट प्रहरीले १० रुपैयाँ जरिवाना तोकिएका १० जना फरार प्रतिवादी पक्राउ गरेको छ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले १८ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। रौतहट प्रहरी नायब उपरीक्षक दिपककुमार रायले पक्राउ पर्नेहरूमा सबैभन्दा बढी जलसाजीका मुद्दाका रहेको बताए।
उनका अनुसार जलसाजीमा शेख वहिद, नेक महम्मद, मिर अलि हुसन, शेख तैयव, शेख जमिर अख्तर, शेख दमि अख्तर, अख्तर शाहिद, शेख मेराज, इस्लाम अन्सारी र जुमन देवन छन्। जलसाजीमा १० जना प्रतिवादीलाइ पक्राउ गरिएको र उनीहरूलाई १० रुपैयाँ जरिवाना तोकिएको उनले जानकारी दिए।
पक्राउ परेका प्रतिवादीहरूमध्ये सिकेन्द्र राय यादवलाई बिगो मुद्दामा दुई बर्ष कैद सजाय तोकिएको उनले उल्लेख गरे। पक्राउ परेकाहरूमा नवल किशोर मुखियालाई हातहतियार तथा खर-खजानामा आठ महिना पाँच दिन कैद सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ।
रौतहट प्रहरीका अनुसार शेख जकिरलाई लुटपिट गाली बेइज्जती र जगरनाथ राय यादवलाई किर्ते जलसाजीमा पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।