सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। सापकोटाले सोमबार दिउँसो २:३० बजे लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन्।
नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्।
एमालेले आइतबार लगातार तेस्रो दिन संसद बैठकमा अवरोध गरेको थियो।