बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच वार्ताः साेमबारसम्म मन्त्रिपरिषद् विस्तारलाई टुंगाे लगाइने

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।

देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। भेटवार्तामा मन्त्रिपरिषद् विस्तारको काम चाँडो सक्ने विषयमा गम्भीर छलफल भएको थियो।

पछिल्लो समय प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न सकस देखिएको छ। स्रोतका अनुसार आजको वार्तामा सोमबारसम्म जसरी पनि यस विषयलाई टुंगो लगाउने सहमति भएको छ।

प्रधानमन्त्री देउवाले बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा शीर्ष नेताहरुलाई आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिन आग्रह गरेका थिए। यससँगै गठबन्धन दलभित्र कसलाई मन्त्री बनाउने भन्ने होडाबाजी पनि चलिरहेको छ।

एमालेका वरिष्ठ नेता माधव नेपालले भने तत्काल आफूहरु सरकारमा सहभागी नहुने मनाशय व्यक्त गरेका छन्।

एमाले भित्रको विवाद समाधान दोस्रो तहका नेताहरु सक्रिय भइरहेको बेला नेता नेपालले आफू तत्काल सरकामारमा सहभागी नहुने मनाशय व्यक्त गरेका हुन्। तर उनी पक्षका सांसदहरु र गठबन्धनका अन्य दलहरुले भने नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिदै आइरहेका छन्।

यहाँसम्म कि एक साक्षात्कार कार्यक्रममा बोल्दै माधव समूहकै सांसद मेटमणि चौधरीले ६ वटा मन्त्रालयको नेतृत्वसहित आफूहरु सरिकारमा सहभागी हुन लागेको बताइसकेका छन्।



मेटमणि चौधरीकाे जिकिर- 'केपी ओली नै अध्यक्ष भैराख्ने हो भने हेर्दाहेर्दै एमाले समाप्त हुन्छ'

प्रधानमन्त्री देउवा र प्रचण्डलाई नयाँ धक्काः माधव नेपाल समूह सरकारमा नजाने

एमालेका माधव नेपाल पक्षधर सांसद्काे नेता नेपालमा‍थि दबाब– 'हामी मन्त्री बन्न पाउनुपर्छ'

प्रकाशित मिति: : 2021-07-31 13:45:00

प्रतिकृया दिनुहोस्