प्रधानमन्त्री देउवा र प्रचण्डलाई नयाँ धक्काः माधव नेपाल समूह सरकारमा नजाने

माधव नेपाल समूह तत्कालको लागि सरकारमा सहभागी नहुने भएको छ।

केही दिनयता आफ्नै पक्षका सांसदहरु र गठबन्धन नेताहरुले सरकारमा सहभागी हुन नेता नेपाललाई दबाब दिदै आइरहेका थिए। तर स्रोतका अनुसार नेता नेपालले भने तत्कालको लागि सरकारमा सहभागी नहुने मनाशय व्यक्त गरेका छन्।

आज दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि नेता नेपाललाई फकाउन उनकै निवास कोटेश्वर पुगेका थिए।

गठबन्धन दलका सबै शीर्ष नेताहरुले सरकारमा सहभागी हुने मन्त्रीको नाम तयार पारे पनि नेता नेपालले भने तत्काल सरकारमा सहभागी नहुने मनाशय व्यक्त गरेको नेपाल पक्षकै एक नेताले जानकारी दिएका छन्। उनले भने, 'सरकारमा सहभागी हुन हामी २२ जना सांसदहरुको एकमत छ, तर माधव कमरेड भने डराइरहनु भएको छ।'

नेता नेपालकाे यस्ताे मनाशय बाहिरिएसँगै प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न सकस देखिएकाे छ। 



एमालेका माधव नेपाल पक्षधर सांसद्काे नेता नेपालमा‍थि दबाब– 'हामी मन्त्री बन्न पाउनुपर्छ'

माधव नेपाललाई फकाउन काेटेश्वर पुगे प्रचण्ड

प्रकाशित मिति: : 2021-07-29 18:35:00

प्रतिकृया दिनुहोस्