बिएल संवाददाता
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कोटेश्वर पुगेका छन्।
नेता नेपालले सरकारमा सहभागी हुने वा नहुनेबारे कुनै आधिकारिक निर्णय लिएका छैनन्। तर, नेपाल पक्षधरका सांसदहरु र गठबन्धनका नेताहरुले भने सरकारमा सहभागी हुन दबाब दिइरहेका छन्।
आजै बिहान प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालई भेट्न बालुवाटार पुगेका थिए। देउवासँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए।
गठबन्धन पार्टीका शीर्ष नेताहरुले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिनबित्तिकै देउवा तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्। तर, नेता नेपालले निर्णय नदिँदा प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न सकस परिरहेकाे छ।
स्राेतका अनुसार नेता नेपाललाई फकाउनै प्रचण्ड अहिले काेटेश्वर पुगेका हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया