बिएल संवाददाता
नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत मतदानका लागि मतदानस्थल पुगेका राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाको महाधिवेशन प्रतिनिधि कार्ड एमालेकै नेताहरूले लुकाइदिएका छन्।
भृकुटीमण्डपमा जारी महाधिवेशनका लागि मतदान गर्न पुगेका तिमल्सिनाको प्रतिनिधि कार्ड उनकै गृहजिल्ला पर्वतका नेताले बुझेर लुकाइदिएको पाइएको हो।
तिमल्सिना पदाधिकारीका आकांक्षी भए पनि अध्यक्ष केपी ओली प्यानलको टिकट नपाएपछि केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका छैनन्। उनी मतदानमा मात्रै सहभागी हुनेछन्।
प्रतिनिधि कार्ड ओली समूहकै नेताहरूले लुकाइदिएको एक प्रतिनिधिले बताए। कार्ड नहुँदा भोट हाल्नै बञ्चित हुने भएपछि नयाँ कार्ड बनाइदिन उनले निर्वाचन आयोगमा हारगुहार गरिरहेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया