बिएल संवाददाता
नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत मतदानका लागि मतदानस्थल पुगेका राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाको महाधिवेशन प्रतिनिधि कार्ड एमालेकै नेताहरूले लुकाइदिएका छन्।
भृकुटीमण्डपमा जारी महाधिवेशनका लागि मतदान गर्न पुगेका तिमल्सिनाको प्रतिनिधि कार्ड उनकै गृहजिल्ला पर्वतका नेताले बुझेर लुकाइदिएको पाइएको हो।
तिमल्सिना पदाधिकारीका आकांक्षी भए पनि अध्यक्ष केपी ओली प्यानलको टिकट नपाएपछि केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएका छैनन्। उनी मतदानमा मात्रै सहभागी हुनेछन्।
प्रतिनिधि कार्ड ओली समूहकै नेताहरूले लुकाइदिएको एक प्रतिनिधिले बताए। कार्ड नहुँदा भोट हाल्नै बञ्चित हुने भएपछि नयाँ कार्ड बनाइदिन उनले निर्वाचन आयोगमा हारगुहार गरिरहेका छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया