बिकास प्रशासनका चुनौती र समाधानका उपाय

अर्थ–डबली

कृष्णमणि पराजुली

बिकास आफैमा प्रिय शब्द भएको हुँदा अल्प बिकसित, बिकासोन्मुख एबं बिकसित सबै मुलुकको लागि यो अति नै महत्वपूर्ण बिषय बन्न गएको छ। त्यसै हुँदा बिकासलाई निरन्तर प्रकृयाको रूपमा लिइएको पनि छ। बिकास आफैँमा साध्य होइन। यो साधन मात्र हो। यसबाट फाईदा लिनको लागि राज्यले बिभिन्न बिधि, प्रकृया एबं तरिका अपनाउनु पर्ने हुन्छ।

प्रथम तथा द्वितीय बिश्व युद्धले बिभिन्न मुलुकहरूमा धेरै धन जनको क्षति पुर्याएको थियो र ती मुलुकहरूको आर्थिक सामाजिक पक्षमा सुधार गर्नुपर्ने नितान्त आबश्यक देखिएको थियो। खास गरेर दोश्रो बिश्व युद्धपश्चात एशियाली तथा अफ्रिकी धेरै देशहरू उपनिवेशबाट भर्खरै स्वतन्त्र भएका थिए।

युद्धले क्षत बिक्षत हुनु र त्यसमा पनि गरिबीको दुश्चक्रमा फसेका थिए। अधिकांश मुलुकहरूमा गरिबी, कुपोषण, भोकमरी तथा आवासको अभाव जस्ता मानबीय आबश्यकता उपलब्ध गराउन नयां आयामको खोजी गरिएको परिणामस्वरूप बिकास प्रशासन प्रादुर्भाब भएको हो। यी देशहरूमा बिकास गरी जनताको जीवनस्तर उकास्नु निश्चय नै कठिन कार्य थियो। यसैलाई दृष्टिगत गरी बिकासको नयाँ आयामको रूपमा बिकास प्रशासनलाई स्वीकारिएको देखिन्छ।

बिकास प्रशासनलाई भिन्न भिन्न रूपमा परिभाषित गरिएको भए पनि मुख्य रूपमा योजना तथा कार्यक्रम तर्जुमा , तिनीहरुको कार्यान्वयन, अनुगमन र मूल्याङ्कनको समष्टिगत रूपलाई लिइन्छ। साथै यसलाई सार्बजनिक प्रशासनसँग आबद्ध पनि गरिएको हुन्छ। सामाजिक आर्थिक बिकास गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यसको उपादेयता आजको सन्दर्भमा बढ्दै गएको पाइन्छ।

 

प्रकाशित मिति: : 2021-07-23 19:52:00

प्रतिकृया दिनुहोस्