प्रतिनिधिसभा विघटन मुद्दाः संवैधानिक इजलासमा सुनुवाई जारी

सर्वोच्च अदालतमा प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज सरकारकी पक्षकै बहस शुरु भएको छ। आज नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले बहस शुरु गरेका छन्। उनलाई २ घण्टा समय छुट्याइएको छ।

विघटनसम्बन्धी रिट निवेदनमा सोमबारबाट सरकारी पक्षको बहस शुरु भएको थियो। सरकारको पक्षबाट सोमबार महान्यायाधिवक्ता रमेश बडालले बहसको गरेका थिए। उनलाई तीन घण्टाको समय तोकिएको थियो।

आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ पूर्वसांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो।

निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो। सो समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरे।

सोमबारदेखि बहस शुरु गरेको  सरकारी पक्षलाई १५ घण्टा गर्न तोकिएको छ। महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दै छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भरहेको छ।  

प्रकाशित मिति: : 2021-06-29 12:33:00

प्रतिकृया दिनुहोस्