जसपा फुटाएपछि अशोक राई भन्छन्–अब विचार मिल्नेसँग एकता गर्छौं

जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएर जनता समाजवादी पार्टी बनाएका अशाेक कुमार राईले अब विचार मिल्नेसँग एकता गर्ने बताएका छन्।

काठमाडाैंकाे अल्फाबिटामा बिहिबार पत्रकार सम्मेलन गर्दै उनले भने– ‘यो जानकारी गराउँकी अब हामीले विचार मिल्ने साना–सना दलहरूसँग एकता गर्ने छौँ। त्यसको थालनी पनि गरिसकेका छौँ।’

पाटी एकता गर्नका लागि फोन आइसकेको बताउँदै उनले विचार मिल्ने दलहरूलाई एकजुट हुनका लागि आह्रान समेत गरे। 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाएर आइतबार राई नेतृत्वमा जसपा पार्टी गठन भएकाे थियो। सोमबार निर्वान आयोगले पार्टीको मान्यता पनि दिएसकेको छ। 

पार्टी फुटपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका राईले उपेन्द्रले एकलौटी पार्टी चलाउन थालेपछि आफूहरू बाहिरिएको बताए। राई नेतृत्वको पार्टीले उपेन्द्र यावदलाई विभिन्न आरोपसमेत लगाएको छ। 

तर उपेन्द्रले पार्टी फुटाउनुलाई ब्यक्तिगत महत्वकाँक्षिमात्र भएको बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर बताएका थिए। उनले पार्टी अबैधानिक रुपमा फुटेको भन्दै अदालत जाने चेतावनी दिइसकेका छन्। 

प्रकाशित मिति: : 2024-05-09 15:43:00

प्रतिकृया दिनुहोस्