सुनसरीको शिवधाराबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा

सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारा स्थित कोशी लोकमार्गबाट असार २ गते सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्राम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ। 

भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो।

गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका सहप्रवक्ता डीएसपी  शैलेन्द्र थापाले बताए।

बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले बताए।

प्रकाशित मिति: : 2025-06-16 11:50:00

प्रतिकृया दिनुहोस्