हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै केदार कार्कीले दिए सर्वोच्चमा रिट

File Photo
File Photo

कोशी प्रदेशमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै कार्कीले आफ्नो सरकारलाई निरन्तरता दिन माग गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार सरकार गठनको आह्वान गरेर आजै दाबी पेस गरेका एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्ति गरिसकेका छन्।

प्रकाशित मिति: : 2024-05-09 16:30:00

प्रतिकृया दिनुहोस्