पार्टी परित्याग गरेको होइन, विवादका कारण एमाले सांसद बन्न मन लागेन : बेदुराम भुसाल (अन्तर्वार्ता)

शिलापत्र

जनक नेपाल

एमालेको स्कुल विभाग हाँकेका बौद्धिक नेता हुन्, बेदुराम भुसाल । पार्टी विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रियसभामा आफूलाई स्वतन्त्र सांसदको हैसियत माग गर्दै उनले संसद् सचिवालयसँग पत्र पठाएका छन्। राष्ट्रियसभा अधिवेशन १७ असारदेखि सुरु हुँदै छ। भुसालसहित राष्ट्रियसभाका १६ सांसद २०७६ माघमा तत्कालीन नेकपाबाट निर्वाचित भएका थिए। सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एकता भंग गरिदिएपछि अन्य सांसदले आफ्ना पूर्वपार्टी रोजेको सन्दर्भमा नेता भुसालको यो निर्णयलाई अर्थपूर्ण रूपमा लिइएको छ। प्रस्तुत छ, शिलापत्रकर्मी जनक नेपालले यसै सन्दर्भमा भुसालसँग गरेको संवादको सम्पादित अंश : 

तपाईं एमाले परित्याग गरेर स्वतन्त्र सांसद बन्न खोज्नुभएको हो ? 

होइन। डेढ वर्षअघि हामी १६ जना राष्ट्रियसभा सदस्य नेकपाबाट निर्वाचित भयौँ । सर्वोच्च अदालतले एकता भंग गरिदियो तर, हाम्रो स्थिति के हुने भन्नेसम्बन्धमा केही पनि बोलेन। जो जता पनि लाग्न पाउने भए। अर्थात, स्वतन्त्र भए। दलसम्बन्धी ऐनले जुन पार्टीबाट निर्वाचित भएको हो, त्यही पार्टीमा रहनुपर्छ भन्छ। पार्टी एकता भंग भएपछि नेकपा त रहेन। त्यो पार्टी नरहेपछि के हुन्छ भनेर ऐनमा पनि छैन। अदालतले पनि केही बोलेन। त्यसैले सांसदको स्वतन्त्र निर्णयको कुरा रह्यो। कोही एमालेतिर, कोही माओवादीतिर हुनुभयो। मैलेचाहिँ अहिले कतै पनि रहन्नँ भनेको छु। पार्टी परित्याग गरेको छैन। 

प्रकाशित मिति: : 2021-06-29 09:39:00

प्रतिकृया दिनुहोस्