पार्टीनिकट शिक्षकहरूसँग देउवाको भेट, भने- तपाईंहरूको माग कांग्रेसले सम्बोधन गर्छ

Break n Links
Break n Links

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन्।

कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन्।

यो पनि-

देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको बताएका थिए।

शिक्षा विभाग प्रमुख महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताएका छन्।  ‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो। उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ। शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’ महरले भने।

सभापति देउवाको शिक्षकहरूसँग छलफल निकासका लागि उत्साहजनक भएको उनले बताए। यसअघि नै महरले विज्ञप्ति जारी गर्दै सरकारसँग आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेका थिए।

यस्तै नेपाल शिक्षक संघका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल निकै उत्साहजनक रहेको बताएका छन्। 

‘उहाँले गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री विद्या भट्टराईलाई हाम्रोअघि कल गर्नुभयो। शिक्षकका माग सम्बोधनमा गम्भीर हुन र निर्णायक छलफल गर्न उहाँले ध्यानाकर्षण गराउनु भएको थियो,’ पन्तले भने।

प्रकाशित मिति: : 2025-04-10 17:06:00

प्रतिकृया दिनुहोस्