धादिङ अस्पतालमा अक्सिजन प्लान्ट जडान

Dhading News
Dhading News

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ। 

ग्मती प्रदेश सरकारको रु ४० लाखको सहयोगमा पहिलो पटक  प्लान्ट जडान गरी अक्सिसन उत्पादन शुरु गरिएको हो। 

जडित प्लान्टबाट प्रतिमिनेट ८५  देखि ९० लिटरसम्मको  उत्पादन गरी  पाइप लाइनबाट  आइसीयू सहित अन्य श्ययामा पुर्याइएको छ। 

प्रदेशका सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले आज प्लान्टको आज शुभारम्भ गर्दै स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकार प्रतिवद्ध छ भने।

अस्पतालका प्रमुख डा त्रिभुवनचन्द्र झाले कोभिड–१९ सहित अन्य दीर्घ बिरामीलाई उपचार गर्न सहज भएको बताए।अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले अस्पतालको क्षमता विस्तारमा जोड दिइएको जानकारी दिए। 

पचास श्ययाको सो अस्पतालमा अहिले ७० श्यया सञ्चालनमा रहेको छ भने निकट भविष्यमा २०० श्यया तयारीको लक्ष्य राखिएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-24 21:27:00

प्रतिकृया दिनुहोस्