यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूृ-भागमा आंशिक बदली रही बाँकी भूृ-भागमा मुख्यतया मौसम सफा रहेको  छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूृ-भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भूृ-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूृ-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूृ-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूृ-भागमा आंशिक देखि साधरणतया बदली  रहने छ। कोशी,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भूृ-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2024-05-05 06:48:00

प्रतिकृया दिनुहोस्