पृथ्वीसुब्बा गुरुङसँग अन्तर्वार्ताः एमाले दुई हप्ताभित्र एकढिक्का हुन्छ, विपक्षी गठबन्धन विघटन हुन्छ (भिडियो)

शिलापत्र

काठमाडौँ

अनुप पौडेल

पृथ्वीसुब्बा गुरुङ संघीयताको पहिला पदमुक्त हुने मुख्यन्त्री बने । करिब ४० महिना गण्डकी प्रदेशको नेतृत्व गरेका गुरुङ गत २९ जेठमा कांग्रेस नेतृत्वमा सरकार बनेसँगै सत्ता छोड्नुपर्ने पहिलो मुख्यमन्त्री बनेका थिए । 

उनी प्रदेशसभाको एकल प्रतिपक्षी एमालेको दल नेता छन् । त्यसबाहेक उनी पार्टीको प्रदेश इन्चार्ज पनि हुन् । मुख्यमन्त्रीबाट पदमुक्त भएका उनी पार्टीको काम र भेटघाटले फुर्सदमा भने छैनन् । 

उनी आफू संघको लडाइँको सिकार बनेको बताउँदै आएका छन् । शिलापत्रसँगको कुराकानीमा उनले कामहरू प्रारम्भ भएको बताउँदै आफ्नो कार्यकाल सफल हो भन्दा अतिशयोक्ति नहुने तर्क गरे ।  

प्रस्तुत छ, गण्डकीका निवर्तमान मुख्यमन्त्री गुरुङसँग मुख्यमन्त्री रहँदाको अनुभव, एमालेको आन्तरिक विवादमा केन्द्रित रहेर शिलापत्रले गरेको कुराकानीः

४० महिनाको अवधिमा दुई पटक गण्डकी प्रदेशको बागडोर सम्हाल्नुभयो । आफ्नो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

हामी संघीय शासन प्रणालीमा थियौँ । कानुन निर्माणको सन्दर्भ, भौतिक पूर्वाधार संरचना हस्तान्तरण गर्नुपर्ने थियो, कर्मचारी व्यवस्थापन गर्नुपर्ने थियो । यी यावत् कुरामा केही भएन भन्न मिल्दैन । संघीय सरकार र गण्डकी प्रदेश सरकारको कामको गति नै मिलेन । सबै मिलेको भए शतप्रतिशत मैले काम गरेँ भन्न सक्थेँ । प्रदेश सरकार शून्यबाट सुरु हुँदा जे काम गर्नुपर्ने थियो, त्यो आधारभूत काम हामीले सम्पन्न गरेका छौँ । त्यस कारण ७५ प्रतिशत काम राम्रो सम्पादन भयो । 

सुशासनको क्षेत्र, पूर्वाधार निर्माण, समृद्धिको अभियान, उत्पादन उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना गर्ने या जनशक्ति व्यवस्थापनजस्ता कुरा ४० महिनामा सुरु भएर अन्त्य हुने थिएन । काम सबै धेरै राम्रोसँग प्रारम्भ गरेका छौँ । त्यस कारण मेरो करिब ४० महिनाको कार्यकाल सफल हो भन्दा अतिशयोक्ति हुँदैन ।

प्रकाशित मिति: : 2021-06-23 21:30:00

प्रतिकृया दिनुहोस्