हाम्रो पनि बुढेसकाल आउँदैछ

शिलापत्र

काठमाडौँ

रोश्ना सुब्बा

 

७५ वर्ष नाघेका आफन्त हुनुहुन्छ । छोराछोरी विदेशमा छन् । उहाँहरू पनि बेलाबेला छोराछोरी भएका फरकफरक देश गइरहनुहुन्छ । र, केही समय बिताएपछि नेपाल फर्किनुहुन्छ । उहाँहरूलाई नेपालमै बस्ने मन छ । काठमाडौंमा दुईवटा घर छन्, काम गर्ने सहयोगी पनि छन् । सबै सुविधा भए पनि अहिले बुढेसकालमा कुनै एक सन्तान आफूहरूसँग बसुन् भन्ने उहाँहरूको चाहना छ । आफ्नी एक छोरी नेपाल आएको बेला आफन्तले भन्नुभयो, ‘यहाँ हामीसँग बस् । तेरो आमा पाँच वर्ष बढी बाँँच्छे ।’ तर विदेशमा आफ्नो काम, परिवार र सन्तानको भविष्य जस्ता कुराले यता आएर बस्ने निर्णय गर्न भने गाह्रो हुने रहेछ ।

विदेशमै सबै छोराछोरी सेटल भएपछि एक वृद्धदम्पतीले काठमाडौंको आफ्नो सम्पत्ति बेचे र उतै गए । सम्पत्ति पनि छोराछोरीलाई नै दिए । ‘पछि आमा बिरामी भइन् । बिरामी भएपछि एक वृद्धाश्रममा राखेका छन् । वृद्धाश्रमको खर्च पठाउँछन्’ मेरी साथी भन्छिन, ‘स्वार्थीहरू, यहाँ भएको सम्पत्ति पनि खाए । हातखुट्टा चलुन्जेल, बलियो हुन्जेल विदेशमा जोताए । बिरामी भएपछि यहाँ ल्याएर छोडिदिए ।’

प्रकाशित मिति: : 2021-06-19 18:58:00

प्रतिकृया दिनुहोस्