सर्वोच्च अदालतले ढुंगा, गिटी, बालुवा निकासी गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को बजेटमा गरेको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा, दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासले सोआदेश दिएको हो।
बजेट बक्तव्यको बुँदा नम्बर १९९ मा खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय देशकाे हितमा नभएको भन्दै यसलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।