जसपा विवाद: आधिकारिकता दावी गर्न यादव पक्ष निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न अध्यक्ष उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ।

पार्टीको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत आयोग पुगेका हुन्।

सत्तासमीकरणमा दुई पक्षमा विभाजन जसपाको एउटा समूहको नेतृत्व अध्यक्ष यादव र अर्को पक्षको नेतृत्व अर्का अध्यक्ष महन्थ ठाकुरले गरेका छन्। ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ।

दुवै पक्षले एकार्कालाई कारबाही गरेर पार्टीबाट निस्कासन गरेपनि निर्वाचन आयोगले मान्यता दिएको छैन। सोही कारण यादव पक्षले पुनः पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा गएका हुन्।

प्रकाशित मिति: : 2021-06-18 15:10:00

प्रतिकृया दिनुहोस्