काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो, यी क्षेत्र खुुकुलो

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ।

उपत्याकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख अधिकारीहरुको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

यसअघि प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेका थिए।

अब असार ७ गतेसम्म निषेधाज्ञा रहनेछ। 

यसअघि २० जेठसम्म एक साता कडा निषेधाज्ञा लागू गरेको प्रशासनले अब भने विस्तारै खुकुलो पार्दै लगेको छ। 

अब खाद्यान्न पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ। अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने र हार्डवेयर पसल अपराह्न ४ बजेपछि खोल्न पाइने भएको छ।

प्रकाशित मिति: : 2021-06-13 16:09:00

प्रतिकृया दिनुहोस्