‘ग्रुप अफ सेभेन’को लण्डन जमघट, विकसित राष्ट्र प्रमुखहरूको शिखर सम्मेलन जारी

Photo's : Reuters
Photo's : Reuters

‘ग्रुप अफ सेभेन’ अर्थात् जी–सेभेन शिखर सम्मेलन शुक्रबारदेखि ब्रिटेनमा शुरु भएको छ।

विश्व महामारी कोरोना भाइरसको त्राशकै बीच धनी राष्ट्रका प्रमुखहरू लण्डनमा एकजुट बनेका छन्। आर्थिक रुपमा शक्तिशाली रहेका यी सता राष्ट्रहरूले यसपल्टको जी–सेभेन सम्मेलनमा कोरोना भाइरसविरुद्धको खोप र जलवायु परिवर्तन तथा विश्व स्वास्थ्य प्रणालीलाई मुख्य मुद्दा बनाएका छन्।

जी–सेभेनका सदस्य राष्ट्रहरू

जी–सेभेन प्रमुख सात विकसित देशहरूको गठबन्धन हो। यसमा क्यानडा, फ्रान्स, जर्मन, इटली, जापान, ब्रिटेन र अमेरिका आबद्ध छन्।

को–को छन् लण्डनमा 

‘ग्रुप अफ सेभेन’ अर्थात् जी–सेभेन शिखर सम्मेलनमा क्यानडाका प्रधानमन्त्री अस्टिन ट्रुडो, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ, जर्मन चान्सलर एन्जेला मर्केल, इटलीका प्रधानमन्त्री जिएसेपे कान्टे, जापानी प्रधानमन्त्री योसिहिदे सुगा, ब्रिटेन प्रधानमन्त्री बोरिस जोनसन र अमेरिकी राष्ट्रपति जो बाइडेनले भाग लिइरहेका छन्। यो सम्मेलन तीन दिनसम्म चल्नेछ।

सदस्य किन छैनन्– चीन र रुस

रुसः सन् १९९८ मा यसको सदस्य राष्ट्र बनेको थियो। सन् २०१४ मा रुसले क्रीमियालाई कब्जा गरेपछि सदस्यता रद्द गरेको जी–सेभेन सदस्य राष्ट्रहरूको दाबी छ।

चीनः विश्वको सबैभन्दा धेरै जनसंख्या र दोस्रो ठूलो अर्थतन्त्र हुँदा-हुँदै पनि जी–सेभेनमा सदस्य राष्ट्र छैन।

यसबारेमा कुनै आधिकारी जानकारी नभए पनि चीनमा प्रतिव्यक्ति आयको असमानता, प्रजातन्त्र नरुचाउने वा सरकार नियन्त्रित सञ्चारमाध्यम भएकै कारण समावेश नभएको बताइन्छ।

भारतीय प्रधानमन्त्री मोदी भर्चुअली जोडिने

सम्मेलनलाई चिनियाँ पक्षले गम्भीर रुपमा नियालीरहेको बताइएको छ।

स्थायी सदस्य राष्ट्रसँगै भारत र अष्ट्रेलिया पनि सम्मेलनमा भाग लिन बोलाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार वा आइतबार भर्चुअल रुपमा जोडिने छन्।

सम्मेलनका लागि कम्तीमा सात हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रकाशित मिति: : 2021-06-12 09:14:00

प्रतिकृया दिनुहोस्